लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय

  • प्रकाशित मिति : २०७७ बैशाख १४, आईतवार
  • nepaltale.com

काठमाडौं। सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

आज बसेको मन्त्रिपरिषद बैठकले लकडाउनको अवधि पाचौँपटक १० दिन थपेर २५ गतेसम्म कायम राख्ने निर्णय गरेको हो । यसअघि वैशाख २ गतेको मन्त्रीपरिषद बैठकद्वारा चौथोपटक थप गरिएको लकडाउन अवधि भोलि सोमबार (वैशाख १५) मा सकिन लागेको थियो ।

कोरोना संक्रमण फैलन नदिन लकडाउन तथा सामाजिक दूरी र प्रतिबन्धात्मक कार्यक्रम नै प्रभावकारी रहेको भन्दै विश्व स्वास्थ्य संगठनले समेत लकडाउन तत्काल फुकुवा गर्न नहुने सुझाव दिँदै आएको छ ।