आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय सीमानाकाहरु वैशाख ३१ गतेसम्म बन्द नै राख्ने निर्णय गरेको छ । बाह्य जगतबाट कोरोनाको जोखिम अझै रहेकाले सीमानाकाहरु वैशाख ३१ गतेसम्म बन्द गर्ने निर्णय बैठकले गरेको सरकारका प्रवक्ता समेत रहेका अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिएका हुन् ।

सरकारले जारी लक डाउनको समय १० दिन थप गर्ने निर्णय पनि गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लक डाउनको समय १० दिन थप गर्दै वैशाख २५ गतेसम्म जारी राख्ने निर्णय गरेको हो ।

पछिल्लो पटक थप भएको समय वैशाख १५ गते सोमबार सकिँदै थियो ।

तपाईको प्रतिक्रिया

RELATED POSTS

error: