चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१० देशमा फैलिएको छ। पछिल्लो २४ घण्टामा विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ह्वात्तै गरेको छ।
पछिल्लो २४ घण्टामा विश्वभर कोरोना भाइरसको संक्रमणबाट ३ हजार ७ सय ५१ जनाको मृत्यु भएको छ भने ७३ हजार ८ सय ५९ जना नयाँ संक्रमित थपिएका छन्। यो संख्या अघिल्लो दिनको तुलनामा निकै कम हो। अघिल्लो दिन ६ हजार ६९ जनाको मृत्यु भएको थियो भने ९० हजार ७ सय ३१ जना नयाँ संक्रमित थपिएका थिए।
कोरोना भाइरसबाट सबैभन्दा प्रभावित बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार १ सय ५७ जनाको मृत्यु भएको छ भने २६ हजार ५ सय ९ जना नयाँ संक्रमित थपिएका छन्। अघिल्लो दिन अमेरिकामा २ हजार ६५ जनाको मृत्यु भएको थियो भने ३५ हजार ४ सय १९ जना नयाँ संक्रमित थपिएका थिए।
त्यस्तै यूकेमा पछिल्लो २४ घण्टामा ४ सय १३ जनाको मृत्यु भएको छ भने ४ हजार ४ सय ६३ जना नयाँ संक्रमित थएिका छन्। यो सँगै यूकेमा मृत्यु हुनेको संख्या २० हजार ७ सय ३२ पुगेको छ भने १ लाख ५२ हजार ८ सय ४० जना संक्रमित भएका छन्।
त्यस्तै पछिल्लो २४ घण्टामा इटलीमा २६० जना, स्पेनमा २८८ जना, फ्रान्समा २४२ जना, जर्मनमा ९९ जना, ब्राजिलमा २२६ जना, बेल्जियममा ११७ जनाको मृत्यु भएको छ ।