रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’ काे प्रशारण रोकियो

  • प्रकाशित मिति : २०७८ जेष्ठ ८, शनिबार
  • nepaltale.com

काठमाडौं । हिमालय टेलिभिजनबाट प्रशारण हुँदै आएको रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’ प्रशारण नहुने भएको छ । ।

कोरोना भाइरसको संक्रमण बढेको भन्दै शुक्रबार र शनिबार शोको नकआउट चरणका भागहरु प्रशारण नहुने आयोजकले जनाएको हो ।

‘दि भ्वाइस अफ नेपाल’ को फेसबुक पेजमा लेखिएको छ–‘कसैको पनि जीवन र स्वास्थ्य सबैभन्दा ठूलो कुरा हो भन्ने कुरालाई पहिलो प्राथमिकता दिदै, हामी जो जहाँ छौ त्यही नै सेल्फ आइसोलेसनमा छौ । यो साता कुनै पनि छायांकन र कार्यक्रम निर्माण गर्न सक्षम हुन सकेनौं ।’

आयोजकले नयाँ भाग प्रशारण गर्न नसकेको दर्शकसँग क्षमा समेत मागेको छ । साथै, परिस्थिती अनुकुल भए अर्को सातादेखि शो नियमित प्रशारण गर्ने आयोजकले जनाएको छ ।