सरकारले पास लकडाउनमा कडाई गर्न सबै जिल्ला प्रशासन कार्यलयहरुलाई परिपत्र गरेको छ। सोमबार गृह मन्त्रालयले लकडाउनलाई थप कडाइका साथ लागू गर्न निर्देशन दिएको हो।
गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै पासबिनाका कुनै पनि सवारीसाधनलाई आवतजावतमा रोक लगाउन भनेको छ।
बिचल्लीमा परेका मजदुर र सर्वसाधारणलाई उद्धारका लागि केही दिन सवारीसाधनलाई साँझको समयमा अनौपचारिक रुपमा केही खुकुलो गराइएको र उनीहरुको उद्धार भइसकेको ठहर गर्दै सोमबारबाट सवारीसाधन सञ्चालनमा रोक लगाएको गृह मन्त्रालयले जनाएको छ।
लकडाउन खुकुलो भएको गुनासो आएपछि गृहले सुरक्षा निकाय र प्रशासनलाई परिपत्र गरेको हो ।