उपाध्यायलाई २५ हजार धरौटीमा छाड्न आदेश

  • प्रकाशित मिति : २०७७ बैशाख १५, सोमबार
  • nepaltale.com

पूर्वसचिव भीम उपाध्यायलाई २५ हजार धरौटीमा छाड्न आदेश दिइएको छ । उनीविरुद्ध दायर साइबर क्राइमसम्बन्धी मुद्दामा सोमबार थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौंले यस्तो आदेश गरेको स्रेस्तेदार आननद श्रेष्ठले बताए ।

न्यायाधीश भरतमणी खनालको इजलाशले थुनछेक बहसपछि उपाध्यायलाई २५ हजार धरौटीमा छाड्न आदेश गरेको हो ।

गत बुधबार पक्राउ परेका उपाध्यायलाई यसअघि न्यायाधीश ब्रजेश प्याकुरेलको इजलाशले ३ दिन हिरासतमा राख्‍न अनुमति दिएको थियो ।