पछिल्लो समय सरकारविरुद्ध ‘गालीगलौज’मा उत्रेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको अन्तरवार्ता सरकारी सञ्चारसंस्था रेडियो नेपालले हटाएको छ।
सोमबार बिहान ‘अन्तरसंवाद’कार्यक्रममा लाइभ प्रशारणमा लिइएको अन्तरवार्ता रेडियो नेपालले अनलाइनबाट हटाएको हो।
कार्यक्रममा अतिथिका रूपमा उपस्थित जनता समाजवादी पार्टीका नेता भट्टराईले प्रधानमन्त्री विरुद्ध प्रयोग गरेको भाषाका कारण हटाइएकाले अबदेखि अतिथि बोलाउँदा ध्यान दिने रेडियो नेपालले जनाएको छ।