अमेरिकामा कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो, २४ घण्टामै थपिए २३ हजार बढी

  • प्रकाशित मिति : २०७७ बैशाख १६, मंगलवार
  • nepaltale.com

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१० देशमा फैलिएको छ । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा मात्रै ४ हजार ५ सय ३२ जनाको मृत्यु भएको छ भने ६९ हजार ७ सय ४६ जना नयाँ संक्रमित थपिएका छन्।

यो सँगै विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख ११ हजार ५३४ पुगेको छ भने ३० लाख ६४ हजार १६१ जना संक्रमित भएका छन्। कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका बनेको छ।

अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै १ हजार ३ सय ८३ जनाको मृत्यु भएको छ भने २३ हजार १ सय ९६ जना नयाँ संक्रमित फेला थपिएका छन्। यो सँगै अमेरिकामा मृत्यु हुनेको संख्या ५६ हजार ७ सय ९७ पुगेको छ भने १० लाख १० हजार ३५६ जना संक्रमित भएका छन्। जसमध्ये १ लाख ३८ हजार ९९० जना संक्रमित उपचारपछि घर फर्किएका छन्।