आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण, कुन क्षेत्रमा कति बजेट विनियोजन ?

  • Published Date : 2021-05-29
  • nepaltale.com

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८ र७९ को बजेट भाषण शुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेपछि अध्यादेश मार्फत बजेट ल्याइएको हो । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट भाषण गरिरहेका छन् । उनले आफ्नो भाषणमा विशेष गरी कोभिड माहामारीलाई प्राथमिकता दिइएको बताएका छन् ।

कोभिड विरुद्धको खोप खरिद गर्न २६ अर्व ७५ करोड विनियोजन, औषधि खरि गर्न ५ अर्व बजेट ।



कोरोना संक्रमितको उपचारका लागि ४ अर्ब बजेट विनियोजन विनियोजन भएको छ । सबै स्थानिय निकायमा स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्व ५० करोड विनियोजन ।

निषेधाज्ञा अवधिभर विद्युत् महशुलमा २० युनिटसम्म शतप्रतिशत छूट दिने भएको छ । साल्ट ट्रेडिङ र खाद्य कम्पनीबाट दैनिक उपभोग्य सामान खरिद गर्दा २० प्रतिशतसम्म छुट दिइने ।

शैक्षिक प्रमाणपत्र धितो राखेर अधिकतम ५ प्रतिशत ब्याजदरमा २५ लाखसम्म ऋण दिइने घोषणा गरेका छन् । बैकल्पिक सिकाइका लागि ल्याइएको यस्तो ऋण रकम २ बर्षभित्र तिर्नुपर्नेछ ।

१६ बर्ष भन्दा माथिका विद्यार्थीलाई एकथान सिमकार्ड निःशुल्क उपलब्ध गराइने बताएका छन् ।

३९७ ओटा स्थानीय तहमा आधारभूत अस्पताल बनाउन ६ अर्ब १५ करोड विनियोजन भएको छ । गरिबी निवारण कोष खारेज गरेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब विनियोजन बजेट विनियोजन भएको छ । दुई लाख रोजगारी सिर्जना गरिने भएको छ ।

सामाजिक सुरक्षा कोष अन्तर्गत जेठ असारको योगदान रकम सरकारले व्यहोर्ने भएको छ ।

सार्वजनिक विद्यालय वा सो भन्दा माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीलाई एक थान ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा रु ८० हजार उपलब्ध गराउने भएको छ ।

गरिबी निवारण कोषलाई सहकारीमा परिणत गर्ने घोषणा गरेको छ ।