अध्यक्षद्वय ओली र प्रचण्डबीचको छलफल सकियो, भोलि सचिवालय बैठक

  • प्रकाशित मिति : २०७७ बैशाख १६, मंगलवार
  • nepaltale.com

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफल सकिएको छ । भोलि बुधबार सचिवालय बैठक बोलाउने सहमति अध्यक्षद्वयबीच भएको बताइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार दिउँसो दुई अध्यक्षबीच भएको भेटवार्ता भएको थियो । भेटवार्तापछि सचिवालय बैठक बुधबार बस्ने सहमति भएको बताइएको छ । प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच झण्डै १ घण्टा वार्ता भएको थियो ।

यसअघि सोमबार कोटेश्वरमा माधवकुमार नेपालसहित ओली पक्षका नेताहरुबीच भएको दुईपक्षीय छलफलमा मंगलबार सचिवालय बैठक बोलाउने सहमति भएको बताइएको थियो । यद्यपि, दुई अध्यक्षबीचको बैठकबाट फेरि बुधवारका लागि बैठक तय गरिएको हो ।