विश्वकप छनाैटमा नेपालकाे खेल राती पाैने १० बजेबाट हुने

  • प्रकाशित मिति : २०७८ जेष्ठ १७, सोमबार
  • nepaltale.com

काठमाडौं। फिफा विश्वकप छनौट अन्तर्गत नेपालले खेल्ने दोस्रो चरणका तीन खेलको समय एकिन भएको छ । कुवेतमा हुने प्रतियोगितामा नेपालले सबै खेल राती पौने १० बजेबाट खेल्ने भएको छ ।

नेपालले जुन तीन अर्थात जेठ २० गते पहिलो खेल चाइनीज ताईपेईविरुद्ध खेल्नेछ । त्यसपछि जुन सात अर्थात जेठ २४ गते जोर्डन र जुन ११ अर्थात जेठ २८ मा अष्ट्रेलियासँग खेल्नेछ ।

तीनै खेल नेपाली समय अनुसार राती पौने १० बजेबाट सुरु हुनेछन । नेपालले विश्वकप छनौटमा यसअघि खेलका पाँच खेलमा चार हार र एक जित निकालेको छ । जसमा चाइनीज ताइपेइसँग उसकै मैदानमा दुई शुन्यको जित निकालेको थियो ।

कुवेती भूमीमा पनि नेपालको चाहना चाइनीज ताइपेइलाई हराएर अरु टिमसँग अंक खोस्ने रहेको छ । युवा खेलाडीको टिमका प्रशिक्षक अब्दुल्लाहल अल्मुताइरीले पनि यो प्रतियोगिता युवा खेलाडीका लागि राम्रो एक्सपोजरका रुपमा लिएका छन ।