कांग्रेस महामन्त्री कोइरालाले पठाए नवलपुरमा स्वास्थ्य सामग्री

  • प्रकाशित मिति : २०७८ जेष्ठ १८, मंगलवार
  • nepaltale.com

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले नवलपुरमा स्वास्थ्य सामग्री पठाएका छन्।

कोइरालाले १३ लाख रूपैयाँ बराबरको स्वास्थ्य सामग्री नवलपुर पठाएका हुन्।

नवलपुरको गैंडाकोट नगर अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौली, मध्यविन्दु जिल्ला अस्पताल, जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, बुलिङटार प्राथमिक स्वास्थ्य केन्द्र र नेपाल पत्रकार महासंघ नवलपुरलाई कोइरालाले स्वास्थ्य सामग्री पठाएका हुन्।

कोइरालाले व्यक्तिगत खर्चमा उक्त स्वास्थ्य सामग्री पठाएको उनका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए।