काठमाडौं । विवेकशील साझा दलका नेता उज्वल थापाको निधन भएको छ । उनको उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको साझा विवेकशील पार्टीका अध्यक्ष मिलन पाण्डेले जानकारी दिएका छन् ।
थापाको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । हिजो थापाको कोरोना रिपोर्ट नेभेटिभ आए पनि स्वास्थ्य अवस्था गम्भीर थियो । उनको भेन्टिलेटर र इक्मो विधिबाट उपचार भइरहेको थियो ।
कोभिड संक्रमण भई केहीदिनदेखि थापा ह्याम्स अस्पतालमा भर्ना भएका थिए । ह्याम्सबाट उनलाई ग्रान्डी अस्पताल रेफर गरिएको थियो र थप स्वास्थ्य अवस्था जटिल भएपछि जेठ १४ गते नेपाल मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।