पछिल्लो २४ घण्टामा मात्रै ६ हजार ३ सय ६५ जनाको मृत्यु

  • प्रकाशित मिति : २०७७ बैशाख १७, बुधबार
  • nepaltale.com

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी विश्वका २१० देशमा फैलिएको छ। कोरोनाको महामारीबाट पछिल्लो २४ घण्टामा मात्रै ६ हजार ३ सय ६५ जनाको मृत्यु भएको छ भने ७६ हजार ५ सय ६२ जना नयाँ संक्रमित थपिएका छन्।

यो सँगै विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख १७ हजार ९४८ पुगेको छ भने ३१ लाख ३७ हजार ७६१ जना संक्रमित भएका छन्।

छिमेकी देश भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च छ। भारतमा पछिल्लो २४ घण्टामा ६९ जनाको मृत्यु भएको छ भने १ हजार ८ सय ७३ जना नयाँ संक्रमित थपिएका छन्। भारतमा यसअघि २४ घण्टाभित्र यतिधेरै संख्यामा कोरोना संक्रमितको मृत्यु भएको थिएन्।

हालसम्म भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ८ पुगेको छ भने ३१ हजार ३२४ जना संक्रमित भएका छन्। जसमध्ये अहिलेसम्म ७ हजार ७ सय ४७ जना उपचारपछि निको भएका छन् भने २२ हजार ५ सय ६९ जनाको उपचार भइरहेको छ।