डेलीमेलको हेडलाइन- नेपाल भेरियन्टले हाम्रो विदालाई जोखिम बनायो

  • प्रकाशित मिति : २०७८ जेष्ठ २०, बिहीबार
  • नेपाल टेल संवाददाता

एजेन्सी। बेलायतको चर्चित ट्याब्लोइड अखबार ‘डेलीमेल’ले नेपाली भेरियन्टको कोरोना भाइरसले बेलायतीको बिदालाई जोखिममा पार्न सक्ने समाचार प्राथमिकताका साथ प्रकाशित गरेको छ।

डेलीमेलले कभर स्टोरी बनाउँदै लेखेको छ, ‘बैज्ञानिकहरुले नेपालमा उत्पत्ति भएर युरोपभर फैलिएको अनुमान गरेको नयाँ म्युटेन्ट स्ट्रेन बारेमा मन्त्रीहरूलाई सचेत गराएका छन् । नेपाली म्युटेन्ट स्ट्रेनले भ्याक्सिनलाई समेत प्रतिरोध गर्न सक्ने डर उनीहरुको छ ।’



नेपाली भेरियन्ट युरोपमा सबैभन्दा धेरै पोर्चुगलमा देखिएको हुनसक्ने भन्दै डेलीमेलले पोर्चुगलले बेलायती सूचीको ‘ग्रीन स्टाटस’ गुमाउन सक्ने दावी गरेको छ।

भारतमा उत्पत्ति भएको B.1.167 भेरियन्टले नेपालमा दोश्रो लहर फैलिएको र सोही क्रममा नयाँ भेरियन्ट बनेको हुनसक्ने डेल्ली मेलले अनुमान गरेको छ।

यद्यपी नेपाली भेरियन्ट आए पनि धेरै चिन्ता लिन आवश्यक भने नभएको पत्रिकाले एक सरकारी अधिकारीलाई उदृत गरेको छ।

नाम उल्लेख नभएका ती अधिकारीले डेलीमेलसँग भनेका छन्, ‘हजारौं भेरियन्टहरु छन् । यो भाइरस हरेक समयमा परिवर्तन भइरहन्छ ।’