स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी अध्यादेश जारी

  • प्रकाशित मिति : २०७८ जेष्ठ २३, आईतवार
  • nepaltale.com

काठमाडाैं । स्वास्थ्यकर्मी तथा स्वास्थय संस्थामा आक्रमण गर्ने विरुद्ध कडा कारबाही गर्ने सम्वन्धि अध्यादेश जारी भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आइतबार (आज) अध्यादेश जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

पछिल्लो समय आफुहरुमाथी आक्रमण बढेपछि आफुहरुको सुरक्षाका लागि कडाभन्दा कडा सजायको व्यवस्था सहित कानुन ल्याउन स्वास्थ्यकर्मीहरुले माग गर्दै आएका थिए ।