रौतहटको गरुडामा प्रहरी र स्थानीयबीच झडप, ६ जना घाइते

  • Published Date : 2021-06-07
  • nepaltale.com

रौतहट । निषेधाज्ञाको पालना गराउन रौतहटको गरुडामा खटिएको प्रहरी टोली र स्थानीयबीच झडप भएको छ । झडपमा इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी द्वारिका घिमिरेसहित ६ प्रहरी घाइते भएका छन् ।

गरुडा नगरपालिका ९ को गेडहिगुठी टोलमा निषेधाज्ञाको बेला चर्को लाउडस्पिकर बजाएर जन्ती जान लागेको टोलीलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको हो ।



प्रहरी टोलीले सम्झाइ बुझाइ गर्न खोज्दा घेरा हालेर आक्रमण गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धीविक्रम शाहको भनाइ छ । प्रहरी टोलीमाथि आक्रमणमा संलग्न भएको भन्दै प्रहरीले २ जनालाई पक्राउ समेत गरेको छ ।