काठमाडौँ। असार १ गतेदेखि निषेधाज्ञा केही मात्रामा खुकुलो बनाउने निर्णयपछि मंगलबार उपत्यकाका सडकमा सवारीसाधन बाक्लिएका छन् ।
उपत्यकाका तीनवटै प्रशासनको पछिल्लो निर्णय अनुसार दैनिक उपभोग्य वस्तुको ढुवानी, होम डेलिभरीलगायतको समय सीमा बढाएपछि सर्वसाधारण र सवारी साधनको चहलपहल बढेको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरको संयुक्त सुरक्षा समितिले उपत्यकामा करिब एक दर्जन क्षेत्र सर्तसहित खुला रहने गरी निषेधाज्ञा एक साता लम्ब्याएको छ ।