आज २७४५ संक्रमित थपिए, ४१८७ जना संक्रमणमुक्त, ४१ को निधन

  • प्रकाशित मिति : २०७८ असार १, मंगलवार
  • नेपाल टेल

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर २७४५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन ।

देशका बिभिन्न स्थानमा पछिल्लो २४ घण्टामा गरिएका आरटी–पीसीआर परीक्षणमा १६८१ र एन्टिजेन परीक्षणमा १०६४ गरी २७४५ जनामा संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा ७४४९पीसीआर र ५८४१ एन्टीजेन परीक्षण भएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाए अनुसार पछिल्लो २४ घण्टामा ४१८७ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै संक्रमणबाट थप ४१ जनाको मृत्यु भएको छ ।