लकडाउन उल्लंघन गर्ने १७४८ जना नियन्त्रणमा

  • प्रकाशित मिति : २०७७ बैशाख १८, बिहीबार
  • nepaltale.com

काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने ४ सय ७६ महिला सहित १७ सय ४८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। आज दिनभर उक्त संख्यामा नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

उनका अनुसार काठमाण्डौमा सबै भन्दा बढी १३ सय २०, ललितपुरमा ३ सय ७५ र भक्तपुरमा ५३ जनालाई नियन्त्रणमा लिइएको छ । यसै गरी ६ सय ३४ वटा दुई पाङ्ग्रे र ५१ वटा चारपाङग्रे गरी ६ सय ८५ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिइएको छ ।

लकडाउन उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको उनले बताए ।