बाघको आक्रमणबाट दुई जना घाइते, प्रतिकारमा बाघको मृत्यु

  • प्रकाशित मिति : २०७८ असार ५, शनिबार
  • नेपाल टेल

कास्की । कास्कीमा बाघको आक्रमणबाट दुई जना घाइते भएका छन् । जिल्लाको रुपा गाउँपालिका–७ धारापानी बस्ने ३४ वर्षीय तुलबहादुर गुरुङ र ३२ वर्षीय मीलन गुरुङ बाघको आक्रमबाट घाइते भएका हुन् ।

शुक्रबार बिहान आफ्नै बारीमा घाँस काट्न जाँदा अचानक बाघ देखेपछि भाग्ने क्रममा पछाडिबाट चिथोरेर बाघले तुलबहादुर गुरुङलाई घाइते बनाएको थियो । गुरुङलाई बाघले आक्रमण गरेको स्थानीयवासीले देखेर बाघको प्रतिकार गर्ने क्रममा सोही ठाउँ बस्ने ३२ वर्षीय मीलन गुरुङसमेत घाइते भएका थिए ।

स्थानीयको प्रतिकारका क्रममा बाघको घटनास्थलमा मृत्यु भएको छ । घाईते दुवैको भिरचोक स्वास्थ्य चौकीमा उपचार भई रहेको प्रहरीले जनाएको छ । *तस्बिर-प्रतीकात्मक