रेडियो नेपालकी प्रथम गायिका रानुदेवीको ८४ वर्षको उमेरमा निधन

  • प्रकाशित मिति : २०७७ बैशाख १९, शुक्रबार
  • nepaltale.com

रेडियो नेपालकी प्रथम गायिका एवं प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको ८४ वर्षको उमेरमा निधन भएको छ । काठमाडौं सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा गए राति उहाँको निधन भएको हो ।

उहाँका एक छोरा र दुई छोरी छन् । एक छोरा र एक छोरी अमेरिकामा र एक छोरी नेपालमा नै रहेको बताइएकाे छ । उहाँको अन्त्यष्टि राति नै गरिएको छ । सानैदेखि शास्त्रीय गायनमा समर्पित रानुदेवीले सर्वप्रथम २००६ सालमा ६ वटा गीत रेकर्डिङ गराउनुभएकाे थियाे ।