काठमाडौं। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत ईन्जिनियरहरु सडक आन्दोलनमा उत्रिएका छन् । आफूहरुलाई सेवाबाट हटाउन लागिएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
हिजोमात्रै उनीहरुले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आज आन्दोलनमा उत्रिने जानकारी दिएका थिए । सोहीअनुसार उनीहरु आज काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका हुन् ।
असार मसान्तदेखि करार अवधि सकिने ती प्राविधिकहरूले आगामी आर्थिक वर्षदेखि करार नवीकरण नगर्ने सरकारको तयारी रहेको र आफूहरूले विगतदेखि राखेका माग पूरा नगरिएको भन्दै आन्दोलन थालेका हुन् । दुर्गम भत्ता, सञ्चार, यातायातलगायतको भत्ता कटौती भएको उनीहरूको गुनासो छ ।


