सुनसरीको इटहरीमा एक किशोरीमाथि ९ जना युवाहरुको समूहले सामूहिक बलात्कार गरेका छन् ।
इटहरी ११ स्थित सिमरबना १७ वर्षीया किशोरीलाई ९ जना युवाहरुको समूहले बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यलय इटहरीमा उजुरी परेको छ।
आफूलाई वैशाख १४ गते राति सामुहिक बलात्कार गरेको भन्दै पीडितले प्रहरीमा उजुरी दिएकी छन् । सुन्दरहरैचा २ बस्ने ती किशोरीलाई सिमरबना चोक नजिक रहेको बगौचामा लगेर युवाहरुले बलात्कार गरेको भन्दै उजुरी आएको प्रहरीले जनाएको छ ।
स्थानीय त्रिलोचन चौधरी र अमित चौधरी सहित ९ जनाले आफूलाई बलात्कार गरेको भन्दै पीडितले प्रहरीमा उजुरी गरेकी छन् । आरोपी त्रिलोचन र अमितलाई पक्राउ गरेको र अन्य ७ जनाको खोजी कार्य भईरहेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।
इटहरी सिमरबना घुम्न जाँउ भन्दै लगेर आफूमाथि बलात्कार गरिएको पीडितमा जाहेरीमा उल्लेख छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।