एक कदम पछि हटे प्रधानमन्त्री ओली !

  • प्रकाशित मिति : २०७८ असार १३, आईतवार
  • nepaltale.com

काठमाडौं। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एक कदम पछि हटेका छन् र अब एमाले जेठ २ कै संरचनामा फर्कने भएको छ । आइतबार बसेको स्थायी समितिको बैठकले जेठ दुईमा फर्कने निर्णय गरेको हो ।

उक्त घोषणा महाधिवेशन आयोजक समितिको बैठकमा गरिने भएको छ । नेकपा (एमाले)ले दसौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ गते काठमाडौंमा बोलाएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

पछिल्लो राजनीतिक स्थिति र राष्ट्रिय राजनीतिका आयामबारे छलफल गरिएको र यसबारे थप छलफल गरेर निर्णय लिनुपर्ने भएकाले राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाइएको ज्ञवालीले बताएका छन् ।