प्रधानमन्त्री र एकल अध्यक्ष दिए पनि माधव नेपाल एमालेमा नफर्कने

  • Published Date : 2021-06-27
  • nepaltale.com

काठमाडौं। नेकपा एमालेको आज आइतबार बसेको स्थायी समितिको बैठकले जेठ दुईमा फर्कने निर्णय गरेको छ , त्यसो गर्दा धेरै नेताहरूको स्पेस तयार हुने र माधव कुमार नेपाललाई समेत फर्काउन सजिलो हुने आकलन गरिएको छ । तर , माधव नेपालले आफू नफर्कने सन्देश दोस्रो तहका नेताहरूलाई दिएका छन् ।

स्थायी समितिको बैठकमा समेत माधव नेपाल नफर्कने कुरा चर्चा भएको छ । वार्तामा सक्रिय एक नेताले प्रधानमन्त्री वा एकल अध्यक्ष दिए पनि आफू नफर्कने सन्देश नेपालले दिएको ब्रिफिङ गरेका थिए ।



आफूलाई प्रधानमन्त्रीको अफर आएको र आफू गठबन्धनलाई घात गरेर नजाने भनेर माधव नेपालले सार्वजनिक रूपमै अभिव्यक्ति दिइसकेका छन् ।

ओली पक्षका नेताहरू भने जेठ २ मा फर्कने निर्णय गरेर माधव पक्षलाई अन्तिम मौका दिएको बताउँछन् ।