थप १९२० लाई कोरोना पुष्टि, ३००७ जना संक्रमणमुक्त

  • प्रकाशित मिति : २०७८ असार १३, आईतवार
  • nepaltale.com

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ९२० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले साे जानकारी दिनुभएकाे हाे । सोही अवधिमा ३ हजार ७ जना निको भएका छन् भने ३४ जनाको मृत्यु भएको छ ।

सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । अहिले देशभर ४० हजार ३३६ जना सक्रिय संक्रमित छन् ।