आजको मौसम: कुन कुन स्थानमा भारी बर्षाको सम्भावना छ ?

  • प्रकाशित मिति : २०७८ असार १४, सोमबार
  • nepaltale.com

काठमाडौँ। देशभर नै मनसुनी वायुको प्रभाव रहेको छ। त्यसैको प्रभावले आज देशका धेरैजसो ठाउँमा बद्ली भएर सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको छ । प्रदेश-१ र गण्डकी प्रदेशका केही ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाण्डौ उपत्यकामा पनि मौसम बद्ली भएर सामान्य पानी पर्ने सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । पर्सि बुधवारदेखि भने मनसुनी न्यूनचापीय रेखा नजिक आएर मनसुन थप सक्रिय भइ देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् अर्यालले जानकारी दिनुभयो ।

बुधवार थप सक्रिय हुने प्रणालीका कारण बिहिवारदेखि केही दिन देशका धेरै ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।