पौडेललाई भेट्न उनकै निवास बोहराटार पुगेका निधिसँग किन रिसाए पौडेल ?

  • प्रकाशित मिति : २०७८ असार १६, बुधबार
  • nepaltale.com

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी समायोजनका नाममा मनोमानी रुपमा क्रियाशील सदस्यता वितरण गरेको भन्दै उपसभापति विमलेन्द्र निधिसँग आक्रोश पोखेका छन् ।

उनले अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेका नेताहरुलाई प्रक्रिया नपु¥याई क्रियाशील सदस्यता दिइएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

१४ औं महाधिवेशनमा सभापतिको आकांक्षी रहेका निधि बुधबार पौडेललाई भेट्न उनकै निवास बोहराटार पुगेका थिए । पौडेलले अन्य पार्टीबाट आएका नेताहरुलाई क्रियाशील सदस्यता वितरणमा पारदर्शीता नभएको भन्दै निधिको ध्यानाकर्षण गराएका हुन् ।