विराटनगर। तराई तथा पूर्वी पहाडी क्षेत्रमा भइरहेको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढ्न थालेको छ ।
अहिले सप्तकोशीमा पानीको बहाव सवा दुई लाख क्युसेक नाघेको छ ।
आज बिहान ९ बजे मापनअनुसार कोशीमा पानीको बहाव २ लाख ३१ हजार ६ सय ५५ क्युसेक पुगेको हो ।
पानी निकासीको लागि ५६ मध्ये ३० वटा ढोका खोलिएको कोशी कन्ट्रोल रुमले बतायो ।