शुक्रबार राति १० बजे तिर भूकम्पको धक्का !

  • प्रकाशित मिति : २०७८ असार १९, शनिबार
  • nepaltale.com

सुर्खेत। सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्प गएको छ। शुक्रबार राति १० बजेर २ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो।

बझाङ र बाजुराको सीमा सैपाल नजिक केन्द्र बनाएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। भूकम्पबाट के कति क्षति भयो भन्ने विवरण अहिलेसम्म सार्वजनिक भएको छैन।