काठमाडौं। एमालेको किचलो थप फराकिलो बन्दै जाँदा माधव नेपाललाई त्यागेर ओली तिर सर्ने नेताको लर्को लाग्न थालेको छ। एमालेमा प्रभावशाली नेताहरु वामदेव गौतमसहितका चार जना नेताहरु अध्यक्ष केपी ओलीको पक्षमा खुलेका छन् ।
महाधिवेशन आयोजक समिति भंग गरी पुरानो केन्द्रीय कमिटीको बैठक बोलाएपछि वामदेवसिहत अघि नेपाल समूहमा रहेका अन्य तीन केन्द्रीय सदस्य शुक्रबारबाटै खुलेरै ओलीतिर लागेका हुन् । त्यो बाहेक अरु केही दर्जन नेता समेत ओली खेमामा खुल्ने अन्तिम तयारीमा छन्।
यस अघि ओलीकाे कदमको विरोध गर्दै आए पनि नेता गौतम शुक्रबार केन्द्रीय कमिटीको बैठकमा सहभागी भए । आफू अध्यक्षतिरै रहेको उनले बताए । यस अघि अध्यक्ष अोलीले अवैधानिक कदम चालेको भन्दै एमाले फुटाए माधव नेपाललाई साथ दिन सार्वजनिक घोषणा गौतमले गरेका थिए ।
गौतमबााहेक हरि पराजुली, गणेश पहाडी र कमलजंग राईले पनि माधव नेपाल समूह छोडेका छन् । गौतमसहितका चारै जना नेताहरु बालुवाटारमा भएको केन्द्रीय कमिटीको बैठकमा सहभागी भएका थिए ।
पहाडी र राई दुवै एमालेको नवौं महाधिवेशनमा माधव नेपाल प्यानलबाट निर्वाचित भएका थिए । उनीहरु दुवै जना सिन्धुलीका हुन् । पहाडी १२ दिन ओलीको क्याविनेटमा मन्त्री पनि भएका थिए । हरि पराजुली यस अघि कृषि मन्त्री भएका थिए । त्यस बाहेक एक नम्बर प्रदेशका एक दर्जन प्रभावशाली नेता केही दिन भित्रै माधवलाई छोडेर ओली तिर लाग्ने अन्तिम तयारीमा जुटेको श्रोतको भनाई छ।