अस्ट्रेलियामा वर्षकै दैनिक उच्च कोरोना संक्रमण

  • प्रकाशित मिति : २०७८ असार १९, शनिबार
  • nepaltale.com

मेल्बर्न । अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा वर्षकै दैनिक उच्च कोरोना संक्रमित भेटिएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शनिबार ३५ जना संक्रमित भेटिएका हुन् ।

संक्रमितमध्ये २९ जना पुनः संक्रमित भएको बताइएको छ । यससँगै राज्यमा २५० बढी सक्रिय संक्रमित रहेको रोयटर्सले जनाएको छ ।

पछिल्लो दुई सातामा सिड्नीसहित मुलुका विभिन्न सहरमा कोरोना संक्रमण उच्च वृद्धि भएको बताइएको छ । बढी संक्रामक भएको ठानिएको डेल्टा भेरियन्ट तीव्र फैलिएको हो ।

अधिकारीहरूले अहिले नै संक्रमण नियन्त्रणबाहिर नगइसकेको तर पछिल्ला केही दिनमा अवस्था गम्भीर हुन सक्ने चेतावनी दिएका छन् ।

पछिल्लो समय कतिपय सहरहरूमा लकडाउन खुकुलो बनाइएका कारण संक्रमण बढ्न सक्ने बताइएको छ ।