श्रीमतीको हत्या गरेको आरोपमा एक पक्राउ

  • प्रकाशित मिति : २०७८ असार १९, शनिबार
  • नेपाल टेल

विराटनगर । प्रहरीले श्रीमतीलाई काठको मुङ्ग्रोले हिर्काइ हत्या गरेका अभियोगमा एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बेलबारी नगरपालिका वडा नं ७ का ५६ वर्षीय अम्बिका घिमिरे रहेका छन्।



उनले शुक्रबार राति मदिरा सेवन गरी सुतिरहेका अवस्थामा ४८ वर्षीया श्रीमती सीता घिमिरेलाई हत्या गरेको बताइएको छ।

हत्यापछि फरार अम्बिकालाई प्रहरीले आज बिहान घर नजिकैको खाली ग्वालीमा बसिरहेका अवस्थमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस