काठमाडौंको कुलेश्वर केन्द्रबिन्दु भएर भूकम्पको धक्का

  • प्रकाशित मिति : २०७८ असार २१, सोमबार
  • nepaltale.com

काठमाडौं। उपत्यकामा आज भूकम्पको धक्का महशुस भएको छ । काठमाडौंको कुलेश्वर केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको हो ।

भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ६ बजेर ३२ मिनेट जाँदा ३.२ म्याग्नेच्युडको भूकम्प गएको हो । ०७२ बैशाखको भूकम्पपछि नेपालमा हजारौँ पराकम्प आइरहेका छन् ।