भोलि बस्नेगरि फेरि स्थगित भयो एमालेको कार्यदल बैठक

  • प्रकाशित मिति : २०७८ असार २२, मंगलवार
  • nepaltale.com

काठमाडौं। नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको मंगलवारको बैठकले पनि कुनै ठोस निर्णय गर्न सकेन।

नेकपा एमालेको विवाद समाधान गर्नका लागि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको सहमतीमा गठन भएको कार्यदलको मंगलबारको बैठकले पनि कुनै ठोस निर्णय निकाल्न सकेन।

पछिल्लो समय निस्क्रिय कार्यदल सोमबारदेखि सक्रिय भएको भएपनि हालसम्म कुनै ठोस प्रगति हुन सकेको छैन।

आजको बैठकमा एमालेको संगठनात्मक प्रणालीलाई कसरी अगाडी बढाउने र पार्टी भित्र देखिएको समस्यालाई कसरी समाधान गर्ने भन्ने सन्दर्भमा छलफल भएको कार्यदल सदस्य भिम रावलले बताउनुभयो।

कार्यदलका सबै सदस्यहरु पार्टी समस्या समाधानका लागि सक्रिय रहने सहमती गरिएको पनि उहाँले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो – ‘हामीले कार्यदलको बैठकमा हाम्रो संगठनात्मक प्रणालीसँग सम्बन्धित विषयहरुमा पनि छलफलगर्यौं। र अदालतको फैसला पश्चात् जसरी नेकपा(एमाले) पुर्नजिवित भएको छ । त्यसपछि संगठनका सम्पूर्ण कामहरुलाई कसरी अगाडी बढाउने भन्ने सन्दर्भमा विभिन्न समयमा भएका कुराहरुको बारेमा पनि कुराकानी भयो । र त्यसका साथसाथै नेकपा एमाले पुर्नजिवित भइसकेको अवस्थामा संगठनात्मक विषयसँग सम्बन्धित जे जस्ता समस्याहरु उत्पन्न भएका थिए । ति समस्याहरु समाधान कसरी हुन सक्छन् भन्ने विषयमा पनि हामीले छलफल ग¥यौँ । र ति सम्पूर्ण विषयहरुमा कार्यदलमा रहनुभएका सबै सदस्यहरुबाट समस्या समाधानको विषयमा अगाडी बढ्ने सहमतीको साथ आजको बैठक सम्पन्न भएको छ।’

कार्यदलको अर्को बैठक बुधबार पुनः बस्ने कार्यदल सदस्य रावलले जानकारी दिनुभयो।