२,९८९ संक्रमित थपिए, थप २८ जनाको मृत्यु, एक हजार ३३३ निको

  • Published Date : २०७८ असार २३, बुधबार
  • nepaltale.com

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का दुई हजार ९८९ जना संक्रमित थपिएका छन् । ११ हजार ८९८ वटा स्वाब नमुनाको परीक्षण गर्दा दुई हजार ९८९ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, कोरोनाका कारण पछिल्लो २४ घण्टामा २८ जनाको मृत्यु पुष्टि भएको छ ।



पछिल्लो २४ घण्टामा देशभरबाट एक हजार ३३३ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको छ ।