नायिका जेनी कुँवरले गरिन् आत्महत्या, पुलिस दाजु भन्दै लेखिएको रहेछ यस्तो सुसाइड नोट

  • प्रकाशित मिति : २०७८ असार २५, शुक्रबार
  • nepaltale.com

काठमाडौं। अभिनेत्री जेनी कुँवर मृत फेला परेकी छन्। बिहीबार बेलुकी ९ बजे थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताए।

अपार्टमेन्टमा भेटिएको सुसाइड नोटमा जेनीले आफ्नो मृत्युमा ‘कसैको दोष नभएको’ सन्देश छाडेकी छिन् । उनी पछिल्लो समय डिप्रेशनबाट पीडित थिइन् । ढोकामा किला ठोकेर डोरीको पासो लागेको अवस्थामा जेनीको शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए ।

घटनास्थलमा भेटिएको सुसाइड नोटमा आफु ‘डिप्रेशनको शिकार’ भएको उल्लेख गर्दै उनले लेखेकी छिन्– ‘यसमा कसैलाई दोष छैन, मेरो आफ्नै हिसाबमा मैले यो गरेको हुँ ।’ ‘पुलिस दाजु, त्यस्तो केही पनि छैन् म आफैंले गरेको हो’ नोटमा भनिएको छ– ‘यसमा कसैको दोष छैन ।’

श्रीमान अपार्टमेन्टमा नभएको बेलामा उनले आत्महत्याको बाटो रोजेकी थिइन् ।