आज २१६९ लाई कोरोना पुष्टि, १४३२ जना संक्रमणमुक्त

  • Published Date : 2021-07-10
  • nepaltale.com

काठमाडौं । आज देशभर थप २ हजार १६९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ६५३० पीसीआर र ३८८७ जनाको एन्टीजेन गरी १० हजार ४१७ जनाकाे परीक्षण भएकाे छ ।

यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ४३२ हजार जना संक्रमणमुक्त भएका छन् भने २२ संक्रमितको मृत्यु भएको छ ।



नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९७ हजार २५७ पुगेको छ । जसमध्ये ६ लाख १८ हजार ३६१ हजार जना निको भएका छन् भने ९ हजार ३६२ जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमितको संख्या २६ हजार ४८९ रहेको छ ।