‘हाई अलर्ट’ मा काठमाडौं उपत्यका

  • प्रकाशित मिति : २०७८ असार २८, सोमबार
  • nepaltale.com

काठमाडौं। सर्वोच्चको फैसला आएसंगै काठमाडौं उपत्यकामा सुरक्षाकर्मीलाई हाई हलर्टमा राखिएको छ ।

प्रधानमन्त्री ओली पक्षका कार्यकर्ताले आइतबारदेखि सडक प्रदर्शन गर्न थालेपछि सुरक्षा सतर्कता बढाइएको हो ।

सोमबारको फैसलापछि राजनीतिक झडपको संभावना बढेपछि प्रहरीको परिचालन बढाइएको छ।

प्रधानमन्त्री ओलीको विपक्षमा फैसला आएपछि ओली समर्थकहरु सडकमा आएका छन् ।

विरोध, प्रर्दशन र झडप हुनसक्ने सम्भावना बढेपछि काठमाडौं उपत्यकाभित्र थप सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ।

संभावित भीडन्तलाई मध्यनजर गरी थप सुरक्षाकर्मी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।

नेकपा एमालेको भातृ संगठन युवा संघले माइतीघरमा विरोध प्रदर्शन गरिनै रहेको छ।

त्यस्तै, साँझ जुलुस निकाल्ने तयारीको समेत सूचना पाएको प्रहरीले सुरक्षाकर्मी र सादा पोशाकमा समेत परिचालन गरिएको छ ।

प्रहरी स्रोतका अनुसार सुरक्षा थ्रेट हुनसक्ने व्यक्ति, घर र कार्यालयमा समेत सुरक्षाकर्मीको निगरानी बढाइएको बताइएको छ।