काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा २३९८ जना कोरोना संक्रमित थपिएका छन्।
आज २०७८ जना संक्रमणमुक्त भएका छन् भने २३९८ संक्रमित थपिएका छन्। ११०१२ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
यस्तै आज १२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो सहित नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९४१६ पुगेको छ।
आज काठमाडौं उपत्यकामा ४१० जनामा संक्रमण देखिएको छ। जसमा काठमाडौं २८९, ललितपुर ९७ र भक्तपुर ८० जना रहेका छन्।