देउवा सरकारको गृहमन्त्रीमा खाँड, अरू कसलाई कुन मन्त्रालय ?

  • प्रकाशित मिति : २०७८ असार २९, मंगलवार
  • nepaltale.com

काठमाडौं। नेपाली कांग्रेसका नेता बालकृष्ण खाँड गृहमन्त्री बन्ने भएका छन् । अर्थमन्त्रालय नेकपा माओवादीले लिने भएपछि कांग्रेसको भागमा परेको गृह मन्त्रालयमा खाँडलाई आजै सपथ गराउन लागिएको हो ।

कांग्रेसको मुख्य सचेतक रहेका खाँड यसअघि रक्षा र सिचाइँ मन्त्री भइसकेका छन् ।

त्यस्तै अर्थमन्त्रीको दावेदार भनिएका ज्ञानेन्द्रबहादुर कार्की कानूनमन्त्री बन्ने भएका छन् । अर्थमन्त्रालय माओवादीले लिने भएपछि कार्कीलाई कानून मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो ।

माओवादीले अर्थमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भूषाललाई मन्त्री बनाउने निर्णय गरिसकेको छ ।

अहिले केहीबेर पछि प्रधानमन्त्री देउवाको सपथ लगत्तै कांग्रेसबाट दुई र माओवादी केन्द्रबाट दुई जना सहित चार मन्त्रीहरूले सपथ लिने तयारी छ।