प्रधानमन्त्री देउवाको पहिलो निर्णय : चुनावअघि सबैलाई खोप उपलब्ध गराउने

  • Published Date : 2021-07-14
  • nepaltale.com

काठमाडौं। नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गरेका छन्।

राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहण गरेलगत्तै देउवाले सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन्।



उनले चुनावअगाडि सबै नागरिकलाई खोप उपलब्ध गराउने पहिलो निर्णय गरेका छन्।

प्रधानमन्त्री देउवाको पदभारपछि मन्त्रिपरिषद् बैठक बसेको छ।