आज २९०५ जनालाई कोरोना पुष्टि, संक्रमणदर २५ प्रतिशत

  • Published Date : 2021-07-14
  • nepaltale.com

काठमाडौं । आज देशभर थप २ हजार ९०५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिर अधिकारीका अनुसार ८ हजार १०८ पीसीआर र ४९१६ जनाको एन्टीजेन गरि १३ हजार २४ जनामा परिक्षण भएकोमा २९०५ जनालाई संक्रमण पुष्टि भएको हो ।



अहिले सक्रिय संक्रमितको संख्या २६ हजार ६४८ रहेको छ ।