उपत्यकामा निषेधाज्ञा पुनःथपियो, लामो दूरीका सवारी साधनलाई काठमाडौं आउन पास चाहिने

  • प्रकाशित मिति : २०७८ असार ३१, बिहीबार
  • nepaltale.com

काठमाडौं। उपत्यकामा जारी निषेधाज्ञा साउन १० गते सम्म थप गरिएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा निर्णय गरेको हो ।

लामो दूरीका सार्वजनिक यातायात सम्बन्धित जिल्ला प्रशासन कार्यालयको पास बनाएर काठमाडौं आउन पाउने गरि जारी निषेधाज्ञालाई थप गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

यसअघि नै काठमाडौं उपत्यकामा सार्वजनिक यातायात जोरबिजोर प्रणालीको नियम हटाई सकिएको छ । यातायात सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने उहाँले बताउनुभयो ।

गाडी भित्र बस्दा यात्रुले मास्क, सेनिटाइजरको प्रयोग र सामाजिक दूरी कायम अनिवार्य गर्नुपर्ने छ । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि बिहीबार राति १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो ।