राष्ट्रपतिले महान्यायाधिवक्तालाई सपथ खुवाउन अस्विकार गरेपछि ….

  • प्रकाशित मिति : २०७८ श्रावण १, शुक्रबार
  • nepaltale.com

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो उपस्थितिमा महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई उपपस्थित गराउन अस्वीकार गरेकी छन् । राष्ट्रपतिले आफ्नो उपस्थितिमा राष्ट्रपति कार्यालयमा महान्यायाधिवक्तालाई शपथ गराउन अस्वीकार गरेपछि सर्वोच्च अदालतमा नै शपथ हुने भएको छ ।

महान्यायाधिवक्ताको शपथ राष्ट्रपतिको उपस्थितिमा प्रधान न्यायाधीशले राष्ट्रपति कार्यालयमा गर्ने प्रचलन छ। यसअघिका महान्यायाधिवक्ता रमेश बडालको शपथ पनि राष्ट्रपति कार्यालयमै प्रधान न्यायाधीशले गराएका थिए। तर यसपटक भने राष्ट्रपतिले उक्त अभ्यास तोडेकी हुन् ।

यद्यपि राष्ट्रपति कार्यालयमा शपथका लागि समय माग्दा राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो उपस्तिथिमा महान्यायाधिवक्ताको शपथ गराउन अनिच्छा जाहेर गरेकी हुन्। उनले संविधानमा महान्यायाधिवक्ताको शपथ राष्ट्रपति कार्यालयमा गर्ने उल्लेख नभएको भन्दै सर्वोच्च अदालतमै शपथ गर्न भनेकी थिइन्। राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतमै महान्यायाधिवक्ताको शपथ गर्न परिपत्र पनि पठाएको थियो।

यद्यपि राष्ट्रपति कार्यालयले भने यसअघि सर्वोच्चका न्यायाधीश कुमार चुडाल र नहकुल सुवेदीको शपथ पनि सर्वोच्च अदालतमै भएको स्मरण गराउँदै शीतलनिवासमा महान्यायाधिवक्ता खातीको शपथ गर्न अस्वीकार गरेको हो।

राष्ट्रपति भण्डारीले अनिच्छा जाहेर गरेपछि सर्वोच्च अदालतमै शुक्रबार दिउँसो २:१५ मा महान्यायाधिवक्ता खातीको शपथ ग्रहण प्रधान्यायाधीश चोलेन्द्रशमशेर राणाले गर्ने कार्यक्रम तय भएको छ।