काठमाडौं। सरकारले साउन ६ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
साउन ६ गते मुस्लिम समुदायको चाड बकर इद परेकोले सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
आज सोमबार बसेको मन्त्रिपरिषद बैठकले साउन ६ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन ।