आज साँझ मन्त्रिपरिषद् विस्तार गर्दै देउवा, यी हुन् मन्त्री फाइनल भएका नाम

  • प्रकाशित मिति : २०७८ श्रावण १८, सोमबार
  • nepaltale.com

काठमाडौं। आज बेलुका मन्त्रिपरिषद् विस्तार हुने भएको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सरकारमा सहभागी नहुने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषद् विस्तार गर्ने भएका हुन् ।

देउवाले नेपाल पक्षलाई पनि सरकारमा लैजान पर्खेर बसेका थिए । तर एमालेमा आन्तरिक कलह समाधान गर्नेतर्फ नेताहरु लागेका कारण तत्काल नेपाल पक्ष सरकारमा सहभागी नबन्ने निर्णय गरेको छ । यद्यपी राष्ट्रिय सभाका सदस्य स्वतन्त्र सांसद खिमलाल देवकोट मन्त्री बन्ने सम्भावना बलियो छ ।

सरकारमा रहेको ५ दलीय गठबन्धनमा वरिष्ठ नेता नेपाल पक्ष एमाले र जनमोर्चा सरकारमा नजाने भएपछि अब ३ दल सरकारमा सहभागिता हुनेछ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षका नेताहरुलाई सपथ खुवाउने तयारी छ ।

असार २९ गते प्रधानमन्त्री देउवाले साउन ३ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिएका थिए । देउवाले असार २९ मै ज्ञानेन्द कार्की,जनार्दन शर्मा,बालकृष्ण खाँण र पम्फा भुसाललाई मन्त्री बनाएका थिए । कार्की कानून,शर्मा अर्थ,खाँण गृह र भुसाल उर्जा मन्त्री बनेका छन् ।

साउन १० मा देउवाले उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएका छन् । मन्त्रिपरिषलाई पूर्णता दिन नसक्दा सरकारका काम समेत प्रभावित भएको भन्दै देउवाको आलोचना भइरहेको अवस्थामा अव भोलीनै मन्त्रिपरिषदले पूर्णता पाउने बालुवाटार श्रोतको भनाई छ ।

संविधानमा २५ जनाभन्दा बढी मन्त्रि बनाउन नपाइने व्यवस्था छ । कांग्रेसबाट एक राज्यमन्त्री र प्रधानमन्त्रीसहित चार जना र माओवादीबाट दुई जनागरी ६ जना सरकारमा सहभागी भइसकेका छन् । अब १९ जनासम्मलाई मन्त्री बनाउन सकिनेछ ।

काँग्रेसबाट थप ४ जना, माओवादीबाट थप ५ जना र जसपाबाट ७ जना र एमाले माधव नेपाल समूहका स्वतन्त्र सांसदसहित मन्त्रीमण्डल विस्तार गरिदैछ । सोमबार हुने मन्त्रीपरिषद् विस्तारमा कांग्रेसबाट पुष्पा भुसाल, दिलेन्द्र बडू, तेजुलाल चौधरी, प्रकाशमान सिंह, तेजुलाल चौधरी मन्त्री वा भीमसेनदास प्रधान मन्त्री बन्ने लगभग पक्का भएको छ । माओवादीबाट सुदन किराती, मात्रिका यादव, शशी श्रेष्ठ, देवेन्द्र पौडेल र महेश्वर गहतराज (अथक) मन्त्री बन्दैछन् ।

उनीहरुलाई दिने मन्त्रालयको टुङ्गो लागि सकेको छैन् । गठबन्धनको बैठक बसेर मन्त्रालयको बारेमा टुङ्गो लगाएर सबैको एकैचोटी सपथ ग्रहण कार्यक्रम राख्न बालुवाटारको तयारी छ । देउवा सरकारमा एमालेबाट राष्ट्रिय सभाका सांसद खिमलाद देवकोटा मन्त्री बन्ने श्रोतको दावि छ ।

जसपाबाट स्वयम् अध्यक्ष यादव, महेन्द्र राय यादव, मोहम्मद इस्तियाक राई, प्रमोद साह, अमृता अग्रहरी, नरमाया ढकाल लगायतले मँन्त्री बन्नेछन् ।