पशुपतिमा ‘बाबा’माथी खुकुरी प्रहार गर्ने युवक पक्राउ

  • प्रकाशित मिति : २०७८ आश्विन १५, शुक्रबार
  • nepaltale.com

काठमाडौं । पशुपतिनाथको मन्दिरमा ‘बाबा’माथि खुकुरी प्रहार गर्ने युवक पक्राउ परेका छन।

गत सोमबार बिहान पशुपतिमा एक बाबामाथि उनले गाँजा नदिएको भन्दै खुकुरी प्रहार गरी भागेका थिए।

चितवन जगतपुरस्थित नयाँ बस्ती घर भएका ३७ वर्षीय ताराबहादुर लामिछानेलाई आज शुक्रबार बिहान प्रहरीले काठमाडौंको हेपाली हाइटबाट खुकुरीसहित पक्राउ गरेको छ।

उनीमाथि अनुसन्धान भइरहेको र कारवाही अगाडी बढाइने प्रहरीको भनाई छ।