काठमडौं । सिन्धुपाल्चोक भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको जेथाल केन्द्रबिन्दु भएर आजभूकम्प गएको छ।
दिउँसो १२:५४ बजे जेथाल केन्द्रबिन्दु बनाएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो।
सो भूकम्पको धक्का काठमाडौं लगायत सिन्धुपाल्चोकका आसपास क्षेत्रमा समेत महशुस भएको छ।
उक्त भूकम्प बारपाक भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ।